सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनसरीको बर्जु गाउँपालिका–१ मा हिजो बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय २३ वर्षीय प्रमोद सरदारको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा भइरहेको छ ।
को १९ प १९६८ नम्बरको मोटरसाइकललाई को १ झ ४६९ नम्बरको एम्बुलेन्सले हिजो बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।
एम्बुलेन्ससहित चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस