• जीवनशैली | Jiwanshaili
  • झापामा ६ वर्षीया बालिका बलात्कृत


    झापामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

    ती बालिकालाई बलात्कार गरेको अभियोगमा बारा जिल्ला घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    सामहम्दले ती बालिकालाई शुक्रबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस