नहरमा डुबेर बालकको मृत्यु
सप्तरीको सप्तकोशी नगरपालिका-२ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१ का कार्यलय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरो सन्दिप राम रहेका छन्।
आइतबार बिहान नहरमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन्। बालकको शव डुबेको ४ घण्टापछि दिउँसो १२ बजे घरदेखि डेढ किलोमिटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस