विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
कास्की, अर्घाखाँची, बाँके र रसुवामा चार जना मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा सयपत्री टोल नजिकै खेतमा माछापुछ्रे गाउँपालिका–६ धिताल बस्ने ८४ वर्षीय दुर्गे परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँचीको सितगंगा नगरपालिका–११ गुन्द्रुकखोलास्थित गैरे सामुदायिक वनमा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ लग्धवा गाउँस्थित कच्चि बाटोको बीचमा रहेको पानी जमेको खाल्डोमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ दोक्लाङस्थित जंगलमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस