• जीवनशैली | Jiwanshaili
  • सोमवारकाे माैसमः यी स्थानमा भारी वर्षा हुने


    २०७९ भदौ  गते (सोमवार) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ।

    प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश मा सामान्य बदली रहि देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो : गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस