• जीवनशैली | Jiwanshaili
  • देशभर थप २८६ जनामा कोरोना पुष्टि


    काठमाडौं, ५ भदौ

    देशभर पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८६ जनामा संक्रमण पुष्टि भएको हो । ३४२३ जनाको स्वास्थ्य परीक्षण गरिएमा २८६ मा संक्रमण पुष्टि भएको हो ।

    जसमध्ये १८१६ जनाको पिसिआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पिसिआरबाट २०२ जना र एन्टिजेनबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणबाट आइतबार ४७९ जना निको भएका छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हाल देशभर ४३४८ सक्रिय संक्रमित छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस