डोटीमा ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्कटर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ ।
हिजो साँझ साढे ६ बजे सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्रयाक्टर अनियन्त्रित भईसडकबाट करिब १० मीटर तल खसेको थियो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस