मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु
फाइल तस्बिर
मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ ।
घटनाहरुको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस