• जीवनशैली | Jiwanshaili
  • देशभर थपिए तीन सय २४ कोरोना संक्रमित


    काठमाडौं, १० भदौ

    देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३१५ को नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सो अवधिमा १ हजार ६७३ ले पीसीआर र १ हजार ८४२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।  गत २४ घण्टामा १५ हजार ९३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा ४१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ८० हजार ६६३ पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ रहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस