• जीवनशैली | Jiwanshaili
  • नेपालमा थपिए १७३ कोरोना संक्रमित


    काठमाडौं, ११ भदौ

    नेपालमा पछिल्लो २४ घण्टामा १७३ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ६५ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाका संक्रिय संक्रमितको संख्या ३ हजार ६१२ पुगेको छ ।

    कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।


    क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस