रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन् ।
घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस