• जीवनशैली | Jiwanshaili
  • मंगलवारकाे माैसम कस्ताे रहला?


    हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough)  सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। 

     

    २०७९ भदौ १४ गते (मंगलबार) हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  देशका पहाडी भू-भागका  केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस