चट्याङवाट एउटै गाउँका तीन महिलाको मृत्यु, सिंगो गाउँ शोकमग्न
संजय मिश्रा
रौतहट, १४ भदौ
रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकैपटक तीन महिलाको ज्यान गएको छ ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीनजनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहले बताएका छन ।
मृतक मध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको डिएसपी सिंहले जानकारी दिएका छन ।
चट्याङ लागेर एउटै गाउँको एकैपटक तिनजनाको मृत्यु हुंदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा संगै रहेकी बर्ष ४० कि सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला चट्याङ बाट प्रभावित भएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : गाँउघर, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस