विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु
कपिलवस्तु, कैलाली, महोत्तरी र नवलपरासी (पश्चिम)मा डुबेर चार जनाको मृत्यु भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–८ वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माको ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको छ ।
उक्त नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
कैलालीको टिकापुर नगरपालिका–२ जनशक्ति सामुदायिक वनस्थित मुलपानी तलाउमा डुबेर जानकी गाउँपालिका–८ पहाडीपुर बस्ने २० वर्षीय पुष्प राज उपाध्यायको शनिबार मृत्यु भएको छ ।
उक्त तलाउमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरीको गौशाला नगरपालिका–४ रजखोर बस्ने संजित आलेको ७ वर्षीय छोरा अमर आलेको सोही ठाउँस्थित ईटा भट्टाको पानी जमेको खाल्डोमा डुबेर शनिबार मृत्यु भएको छ ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–७ जिमिरेभार बस्ने सिताराम चौधरीको ७ वर्षीय छोरा निखिल चौधरीको सोही नगरपालिका–१४ खजुरे खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस