• जीवनशैली | Jiwanshaili
  • सल्यानमा ट्रकले किचेर तीन वर्षीय बालकको मृत्यु


    सल्यान, २० भदौ

    सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका-१ श्रीनगर बजारमा लु१ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो ।

    घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि बस्नेतले ट्रक चलाएर अगाडि बढाउने क्रममा एक्कासी ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले च्यापेको थियो ।

    टायरले च्यापेर गम्भीर घाइते भएका बालक भण्डारीको स्थानीय परोपकार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस