सन्दीप भन्छन्; स्तब्ध छु, केही दिनमा स्वदेश फर्कन्छु
काठमाडौं, २४ भदौ
बालिका करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाडै फर्कने बताएका छन् । सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । “म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ” सन्दीपले लेखेका छन् ।
गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।
क्याटेगोरी : खेल, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस