करेन्ट लागेर चार जनाको मृत्यु
काभ्रपलाञ्चोक र झापामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई सिन्धुपाल्चोक मेलम्चीस्थित विद्युत वितरण केन्द्रमा काम गर्ने ३९ वर्षीय ईश्वर गुरागाईको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
मेलम्ची नगरपालिका–१३ स्थित ट्रान्सर्फमरमा डिपो चेन्ज गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ गैरीगाउँ झिलमिलेस्थित आफन्तकोमा आएका पाँचथर याङबरक गाउँपालिका–६ नागी घर भएका ३२ वर्षीय कमल बराईलीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
झिलमिलेस्थित कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापाको हल्दिबारी गाउँपालिका–५ बस्ने ६१ वर्षीय ओम बहादुर थाम्सुहाङको सोही ठाउँस्थित भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
झापाकै मेचीनगर नगरपालिका–११ धाईजन बस्ने ४७ वर्षीय सन्त चौधरीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
सोही नगरपालिका–११ हडिया खोलामा विद्युतीय तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस