• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा भारी वर्षाको सम्भावना


    २०७९ भदौ २७ गते (सोमबार) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित छ।

    देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस