• जीवनशैली | Jiwanshaili
  • मंगलवारकाे माैसम कस्ताे रहला?


    २०७९ भदौ २८ गते मंगलवार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेको छ।

    देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

     

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

     

    राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस