सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते
सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा हिजो मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा साईकलयात्री धनगढीमाई नगरपालिका–११ का १९ वर्षिय सुरज मगर, साईकलमा पछाडी सवार २३ वर्षिय विष्णु महतो र मोटरसाइकल चालक धनगढीमाई नगरपालिका–५ जयपुरका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।
घाइते तीन जनाको आरके मेडिसिटीमा उपचार भैरहेको छ । घाईते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको छ ।
हिजो बेलुकी पौने ८ बजे बा ३१ प ८०१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जानकारी दिएको छ ।
यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२ भानुचोकमा गएराति मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदलयात्री जनकपुर उपमहानगरपालिका–१६ का रमेश चौधरी र उनका छोरा ८ वर्षिय आकाश चौधरी र मोटरसाईकल चालक सिरहाको सिरहा नगरपालिका–१२ का दिनेश कुमार यादव रहेका छन् ।
घाइते तीन जनाकै धनुषा अस्पताल जनकपुरमा उपचार भैरहेको छ । घाइते मध्ये रमेशको अवस्था गम्भिर रहेको छ ।
गएराति ९ बजे प्रदेश २ ०१ ००३ प ६८५६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय रेल्वेले जानकारी दिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस