• जीवनशैली | Jiwanshaili
  • डुबेर दुई जनाको मृत्यु


    धादिङ र दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

    धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ चिम्बाङ बस्ने ३८ वर्षीय मुसा चेपाङको ताल्ती खोलास्थित मलेखु जलविद्युत  आयोजनाको ड्याममा नुहाउने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

    दाङको राप्ति गाउँपालिका–८ पिपरा बस्ने श्याम बस्नेतको साढे दुई वर्षको छोरा सुवान बस्नेतको घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

    कुलोमा डुबेर अशक्त भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस