अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ
रामेछाप, महोत्तरी, पर्सा र भक्तपुरबाट अवैध लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ आँपचौर बस्ने ४९ वर्षीय नवराज खत्रीलाई २ केजी ५ सय ग्राम गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खाँडादेवीबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिबाराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ हजार ४ सय ट्याब्लेटसहित सोही नगरपालिका–३ बस्ने ४८ वर्षीय ठेलुया मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ठेलुयाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका–२ बागवानाबाट १३ केजी ८ सय ग्राम चरेशसहित मकवानपुर मनहरी गाउँपालिका–८ बस्ने ४२ वर्षीया कल्पना मोक्तान लगायत ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जितपुरबाट मनवातर्फ आउँदै गरेको ना.२ ह ३१८६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित सोही महानगरपालिका–११ राघेमाई बस्ने ३७ वर्षीय पारस महतो लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एबी ५३११९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरबाट ३ सय ग्राम गाँजासहित सोही नगरपालिका–७ बागेश्वरी बस्ने २४ वर्षीय सबिन जंग ढुंगाना लगायत २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बा.७७ प ३९७६ नम्बरको स्कुटरलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा लुकाई ल्याएको उक्त गाँजा सहित स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस