• जीवनशैली | Jiwanshaili
  • झापामा ७३ वर्षीय वृद्धबाट दुई जना बालिका बलात्कृत


    झापामा एक जना व्यक्तिबाट दुई जना बालिका बलात्कृत भएका छन् ।

    बलात्कृत हुनेमा १७ वर्षीया र ११ वर्षीया दुई बालिका रहेको प्रहरीले जनाएको छ ।

    ती दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

    पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक–पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस