• जीवनशैली | Jiwanshaili
  • बढ्यो सुन-चाँदीको मूल्य


    नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस