• जीवनशैली | Jiwanshaili
  • खोलामा डुबेर मृत्यु


    अत्याधिक गर्मी छल्न खोलामा नुहाउने क्रममा डुबेर एक महिलाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका– ३ कि २२ वर्षीय लक्ष्मी सदाको त्रियुगा खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिएको छ ।

    खोलामा नुहाउने क्रममा अचानक खोलामा डुबेर ज्यान गएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली पुगेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस