छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित सडकमा प्र.३–०२–०१२ प ८१२२ नम्बरको मोटरसाइकल मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २१ वर्षीय दिल्लिराम खाती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाको शिवसताक्षी नगरपालिका–१० सैनिक चोकस्थित सडकमा बा.१४ च ९१०८ नम्बरको कार मंगलबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा कार चालक सप्तरी लेगडा बस्ने ४४ वर्षीय बलराम यादव र कारमा सवार सुनसरी इटहरी उपमहानगरपालिका–१० बस्ने ३० वर्षीया गिता चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ फुलबारी टोलस्थित सडकमा प्रदेश नम्बर १–०२–००३ ह ३०४१ नम्बरको सिटी सफारीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका–५ बस्ने ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–७ जवाभरीस्थित सडकमा लु.४१ प ९३२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने महम्मद मुस्तखाको १६ वर्षीया छोरी अमरुन निसा रहेकी छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगन्ज हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमान टोलस्थित सडकमा ग.२२ प ५३७० नम्बरको स्कुटर मंगलबार बेलुकी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक तनहुँ ब्यास नगरपालिका–१ बस्ने ५० वर्षीय बल बहादुर राई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस