रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ
काठमाडौं, ५ असोज
रुपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका-५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले २०५८ साल साउन २१ गते राती साविक विष्णुपुरा गाविस ७ मा पसल गरी बस्ने खड्कबहादुर श्रेष्ठको कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ ।
जिल्ला अदालत रुपन्देहीबाट २०७३ वैशाख ३० गतेको फैसला अनुसार उनलाई जन्मकैद ठहर भएको थियो । हत्या लगत्तै फरार भएका यादवलाई इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले मंगलबार पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको लागी रुपन्देही अदालतमा पेश भएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस