कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा सोही नगरपालिका–२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।
से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो ।
मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस