• जीवनशैली | Jiwanshaili
  • सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु


     

    सल्यान, १२ असोज

    सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् ।

    बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस