क्युबामा आँधीपछि १० लाख मानिस विद्युत्विहीन, फ्लोरिडामा आपत्काल घोषणा
हवाना, १२ असोज
क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ । क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।
क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । पूर्वानुमानकर्ताहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउने चेतावनी दिएका छन् ।
तीन श्रेणीको आँधी १९५ किलोमिटर प्रतिघण्टा (१२० माइल प्रतिघण्टा) को गतिमा अहिले फ्लोरिडातर्फ बढिरहेको छ । करिब एक शताब्दीमा फ्लोरिडाका केही भागले तीब्र आँधी सामना गर्न लागेको मौसमविद्हरुले चेतावनी दिएका छन् हो । मंगलबार रातिसम्म तुफान मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको थियो ।
फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपत्काल घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा उद्दार प्रयास गर्न ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस