चट्याङ लागेर दुई जनाको मृत्यु
सुनसरी, १२ असोज
सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र सोही गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादव छन् ।
उनीहरुको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रिता देवीले भैंसीलाई पानी खुवाउने क्रममा र उदित चन्द्रले आफ्नै घरबाट करिव एक किलोमिटर टाढा खेतमा घाँस काट्ने क्रममा चट्याङ लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस