भियतनामसँग पराजित नेपाल बाहिरियो
काठमाडौं, २२ असोज
भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसंगै नेपाल बाहिरिएको छ । शुक्रबार राति नेपाल भियतनामसंग ५-० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे ।
छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोलले पराजित भएको थियो । यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।
समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल भने अंकबिहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन् ।
क्याटेगोरी : खेल, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस