विश्व इतिहासमा आज
आज सन् २०२२ को अक्टोबर ९ । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम
मलला युसफजायीको हत्या प्रयास
सन् २०१२ मा पाकिस्तानका तालिवानले शिक्षा अभियन्त मलला युसफजाईको हत्या प्रयास गरेका थिए । विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए ।गम्भिर घाइते बनेकी उनको वेलायतमा उपचार भएको थियो । सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।
खमेर गणतन्त्र स्थापना
सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो । जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो । यसअघि राजकुमार नरोद्दोम सिहानुकविरुद्धको कुमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए ।
बेलायतबाट युगान्डा स्वतन्त्र
सन् १९६२ मा युगान्डाले वेलायतबाट स्वतन्त्र पाएको थियो । युगान्डा सन् १८९४ देखि वेलायतको अधिनमा थियो । स्वतन्त्र युगान्डका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन् ।
युनिर्भसल पोस्टल युनियनको स्थापना
सन् १८७४ मा राष्ट्रसंघको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो । २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि युनियन स्थापना गर्ने बाटो खुलेको थियो ।
क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस