पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने
पोखरा, २४ असोज । पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो ।
३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्था र ब्यक्तिहरुलाई आह्वान गरेका छन् । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।
तर, यसको संरक्षण भने हुन सकेको छैन । तालको नयाँ सीमांकन भइसकेको छ । मापदण्ड विवादले अतिक्रमित संरचना हटाउन नसकेको मेयर आचार्यले बताए । तत्कालका लागि उनले ६५ मिटर नै मापदण्ड हुने बताएका छन् । यसअघि जनप्रतिनिधिको अन्तिक कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटरमा झारेको थियो ।
उक्त निर्णय विरुद्ध सर्वोच्चमा मुद्दासमेत परेको थियो । सर्वोच्चले तत्कालका लागि ६५ मिटर नै मापदण्ड हुने र सोही अनुसार कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ ।
मंगलबारपछि पनि छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई सन्चालन गर्ने महानगरले जनाएको छ । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको आचार्यले बताए ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस