• जीवनशैली | Jiwanshaili
  • विश्व इतिहासमा आज


    आज ११ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

    अन्तरिक्षमा हिड्ने पहिलो अमेरिकी महिला
    सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घन्टा हिडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ –जीमार्फत उनीरू अन्तरिक्षमा पुगेका थिए ।

    उचाङ क्रान्ति
    सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्तय हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्वपूर्ण दिवसमा रूपमा मनाइन्छ ।

    ब्रिटीश र आइरिस सेनाबीच युद्ध
    १८९९ मा ब्रिटीश र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा बिबाद उत्पन्न भएपछि युद्ध भएको थियो ।

    इराकमा फौज परिचालन गर्ने अमेरिकी राष्ट्रपतिलाई अधिकार
    सन् २००२–अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसलाई इराकमा सैन्य फौज परिचालन गर्न वृहत अधिकार दिने विद्येयकलाई अमेरिकी कंग्रेसद्वारा पारित

    पायोयिनर १ अन्तरिक्षमा
    सन् १९५८–मानवरहित अमेरिकी अन्तरिक्ष अनुसन्धान यान पायोयिनर १ लाई चन्द्रमाको कक्षमा पठाइएको थियो ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस