सात वर्षीया बालिका करणी गरि फरार भएका थारु पक्राउ
जिल्ला प्रहरी कार्यालय उदयपुुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा पक्राउ परेको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार (थारु) लाई प्रहरीले पक्राउ गरेको हो ।
गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए । आरोपित थारुलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस