विभिन्न स्थानमा मृत अवस्थामा पाँच जना फेला
देशको विभिन्न स्थानमा मृत अवस्थामा पाँच जना फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप आदर्श टोलस्थित निर्माणाधिन घरमा मिस्त्री काम गर्ने ३८ वर्षीय राजु श्रेष्ठ सोही ठाउँस्थित शौचालयभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवमन्दिर नजिक सडक पेटीमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको प्युठान गौमुखी गाउँपालिका–५ घर भई सिद्धार्थनगर नगरपालिका–३ डेरा गरी बस्ने ४० वर्षीय खुमन सिंह पाण्डे आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१२ बिजयनगर बस्ने ३८ वर्षीया फुलमाया बिक आफ्नै घर नजिकको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
सिरहाको सुखिपुर नगरपालिका–६ खरिटोल बस्ने २५ वर्षीया मन्जु राम आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस