• जीवनशैली | Jiwanshaili
  • अपहरण गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ


    सिरहा गोलबजार नगरपालिका–३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

    अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका–९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

    अंशुको हत्या गरी विराटनगर महानगरपालिका–११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको थप अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस