• जीवनशैली | Jiwanshaili
  • वर्षाले अवरुद्ध बेसिशहर–चामे सडक पूर्ण रुपमा सञ्चालन


    लमजुङ २९ असोज

    हिमाली जिल्ला जाने एक मात्र बेंसीशहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । योजनाका प्रमुख अच्युतविलास पन्तका अनुसार वर्षाका कारण आंशिक अवरुद्ध भएको लमजुङतर्फको रामबजार, घोप्टेको बाटो पूर्ण रुपमा खुलाइएको छ ।

    मनाङतर्फको खोक्रो, कोतोलगायतको स्थानमा भत्किएका तथा विग्रिएका खण्डको मर्मत गरिएको योजनाले जनाएको छ । उक्त सडकबाट पूर्ण रुपमा यातायात सुचारु भएको छ । बर्खाका कारण पहिरोले अवरुद्ध सडक असोज २० गतेबाट आंशिक रुपमा मात्र सञ्चालन भएको थियो । मर्मतको काम सकिएपछि पूर्ण रुपमा यातायात सञ्चालन भएको छ ।

    सडक सहज बनेपछि सवारी साधन सहजै आउजाउ हुन थालेको छ । नागरिक र पर्यटकलाई यात्रा गर्न सहज भएको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस