धनुषाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ
सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोलसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरको साथमा उक्त पेस्तोल भेटिएको थियो ।
प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोलासहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस