सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।
अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।
काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् ।
चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस