कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा हिजो बेलुकी गाडामा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ । दुर्घटनामाा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन् ।
गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ ।
बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे बिपरित दिशाबाट आउँदै गरेको गाडामा ठोकिएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस