• जीवनशैली | Jiwanshaili
  • पहिराेमा ज्यान गुमाउने सदस्यकाे परिवारलाई प्रदेश सरकारबाट तत्काल २५ हजार राहत


    कर्णाली प्रदेश सरकारले  १९ देखि २४ असोजसम्म परेको अविरल वर्षाको कारण गएकाे पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई जनही २५ हजार रुपैयाँ काजकिरिया खर्चस्वरुप दिने भएको छ ।

    तत्कालका लागि किरिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले परिवारलाई रकम उलब्ध गराउन लागेकाे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए  ।

    मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्च बापत राहत दिन सरकारले यो व्यवस्था गरेको बताए ।

    पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए । अझै १९ जना बेपत्ता छन् । हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो । यसैगरी, प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरू उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताए  ।

    उनले पहिरोबाट सडकमा पुगेकाे क्षतिकाे सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस