• जीवनशैली | Jiwanshaili
  • ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते


    पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।

    पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

    घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक  राजु केसीले जानकारी दिए ।
    गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको  छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस