पोखरीमा डुबेर एककाे मृत्यु
उदयपुरमा पोखरीमा डुबेर एकको ज्यान गएको छ । त्रियुगा नगरपालिका-६ जलजलेस्थित रानी पोखरीमा डुबेर त्रियुगा नगरपालिका-५ श्रीपुरकी ६० वर्षीया दैया परियारको ज्यान गएको हो ।
गाईबस्तु चराएर घर फर्काउने बेला हात खुट्टा धुन पोखरी छेउमा पसेकी उनी त्यहीँ डुबेर ज्यान गएको अवस्थामा अन्य गोठालाले फेला पारेका हुन् ।
गाईबस्तु चराएर फर्काउने क्रममा डुबेर गम्भीर घाइते भएकी परियारको इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली उद्धार गरी बाहिर ल्याउदा ज्यान गइसकेको थियो ।
मृतकको शब उदयपुर अस्पतालमा पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेशकुमार पोदारले बताए ।
क्याटेगोरी : ताजा अपडेट, समुदाय
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस