• जीवनशैली | Jiwanshaili
  • उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


    उदयपुरको त्रियुगा नगरपालिका–१५ दहरमा  ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ असारीका २२ बर्षिय बिकाश राई रहेका छन् ।

    दुर्घटनामा परी गम्भिर घाईते भएका राईको उपचारको क्रममा आज बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।

    प्रदेश २ –०१–००१ त १०३३ नम्बरको ट्रयाक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ  ।


    क्याटेगोरी : ताजा अपडेट, समुदाय

    प्रतिक्रिया दिनुहोस