दाङका तीन फर्निचर उद्योगमा आगलागी
दाङ, ८ कात्तिक
दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ । घोराही-१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ । तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।
मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।
क्याटेगोरी : ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस