• जीवनशैली | Jiwanshaili
  • प्रदेश १, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 


    काठमाडौं, ९ कात्तिक

    नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

    बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस