• जीवनशैली | Jiwanshaili
  • प्रदेश १ र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


    काठमाडौं, १४ कात्तिक

    नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको  छ । राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने ठानिएको छ ।

    मंगलबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस