• जीवनशैली | Jiwanshaili
  • छठ पूजामा पुल भत्किदा १ सय ४० भन्दा बढीले ज्यान गुमाए


    भारतको गुजरातस्थित मोरबीमा १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिएर करिब चार सय यात्रु मच्छु नदीमा खसेर दुर्घटनामा परेका छन् । दुर्घटनामा १ सय ४० भन्दा बढीले ज्यान गुमाएका छन् भने ७० भन्दा बढी घाइते भएका छन् ।  मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल २५ अक्टोबरमात्र खुलाइएको थियो ।

    आइतबार साँझ ६ः३० बजे घटना घटेको बताइएको छ । दुर्घटनाका कारण नदीमा डुबेका मानिसको उद्धार गर्न स्थानीय बासिन्दा नदीमा फाल हालेका थिए । उनीहरूले डुबेका मानिसहरूलाई नदीबाट बाहिर निकाले र मेडिकल टोलीले उनीहरूलाई अस्पताल पुर्याएका थिए । आइतबार बिदा भएकाले झोलुङ्गे पुलमा क्षमताभन्दा बढी मानिसको भीड लागेको बताइएको छ । दीपावलीको बिदा र आइतबार भएकाले पनि भीड बढी थियो । पुलमा ओभरलोड भएका कारण दुर्घटना भएको बताइएको छ ।


    क्याटेगोरी : डायाेस्परा, ताजा अपडेट

    प्रतिक्रिया दिनुहोस